विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको सर्वत्र चर्चा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको सर्वत्र चर्चा

Biplav-nekapa

काठमाडौं, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाइ प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको वारेमा ब्यापक बहश प्रारम्भ भएको छ । बिप्लब माओवादीलाई प्रतिबन्ध लगाउने निर्णयप्रति राजनीतिक दलका नेता, बुद्धिजीविहरुले भने सरकारले प्रतिबन्ध लगाउन हतारो गरेको प्रतिक्रिया दिएका छन् ।

संविधानसभाले बनाएको संविधानको धारा दुइसय ७० मा राजनीतिक गतिविधि गरेकै भरमा कुनै पनि राजनीतिक दललाई प्रतिवन्ध नलगाउने भनिएको छ । बहुलवादमा आधारित दलिय ब्यवस्थामा अपनाइएकोले नेपालमा विचारको आधारमा बहश गर्न, संगठन बनाउन, प्रचार गर्न कतै पनि बन्देज गरिएको छैन । तर, मंगलवार राती बसेको मन्त्रीपरिषदको वैठकले भने हठात रुपमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि अहिले यसको पक्ष र विपक्षमा बहश प्रारम्भ हुन थालेको छ ।

दलिय गतिविधिको लागि निर्वाचन आयोगमा दर्ता नभएको तर दलिय गतिविधि गरिरहेको अनि यो ब्यवस्था र संविधान मन परेको छैन भनेर खुल्लाम खुल्ला बताइरहेको नेकपा तत्कालीन माओवादीबाट फुटेर बनेको दल हो ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेको गतिविधि राजनीतिक नभएको निष्कर्ष निकाल्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विप्लव माओवादीले राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा आतंक मच्चाएको भन्दै स्वयम प्रधानमन्त्री केपी ओलीले पार्टीको नाम बदलेर लुटेरा समुह राख्न समेत चुनौती दिए । प्रधानमन्त्रीको यहि चुनौतीपछि सरकारले विप्लव समुहलाइ कुन रुपमा लिइरहेको छ भनेर सामान्य अन्दाजा गर्न सकिन्थ्यो । तर, देश नै विखण्डन गर्नुपर्छ भन्ने सीके राउतसंग सहमति गरेको सरकारले यति छिटै र यसरी नेत्रविक्रम चन्दको दललाइ प्रतिवन्ध लगाउला भन्ने हेक्का भने गरिएको थिएन ।

तर सरकारले प्रतिवन्ध लगाएपछि अरु त अरु स्वयम नेकपा कै नेताले समेत यसमा आश्चर्य प्रकट गरेका छन । दस बर्षसम्म कुममा कुम मिलाएर संगै युद्ध लडेका हालका गृहमन्त्री रामवहादुर थापा तथा अर्धभुमिगत संगठन चलाइरहेका नेत्रविक्रम चन्द अहिले आमनेसामने भएका छन । तर,हिजो संगै युद्ध लडेका तथा हाल नेकपामा रहेका नेता देवेन्द्र पौडेलले भने सरकारले चन्दको पार्टीलाई प्रतिवन्ध लगाउन हतार गरेको बताएका छन् । उनले वार्ता मार्फत नै समस्याको समाधानको लागि पहल गर्नुको बदलामा सरकार आवेशमा आएको टिप्पणी गरेका छन् ।

विप्लव समूहले केही दिनअघि ललितपुरस्थित एनसेलको प्रधान कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गरेको थियो । विप्लव नेतृत्वको नेकपाले देशका विभिन्न स्थानमा चन्द संकलन गरेको,जमिन कब्जा गरेको लगायतका रिपोर्ट पनि आएका थिए । यसैक्रममा सरकारले छापामारी कपिलबस्तुमा विप्लवसमुहका कार्यकर्तालाइ हतियार सहित पक्राउ समेत गरेको थियो ।

यसपछि सरकारले नेकपा प्रति आक्रामक रहन थालेको वुझिएको छ । तर,हिजो दस बर्षे युद्धमा कुनै न कुनै रुपमा जोडिएका बरिष्ठ पत्रकार समेत रहेका वामपन्थी बुद्धिजिवी नरेन्द्रजंग पिटरले सरकारले आफनो कमजोरीलाइ लुकाउन विप्लव मओवादीलाई प्रतिबन्ध लगाएको आरोप लगाए । उनले पृथकताबादीलाई रोज्ने तर समाजमा मौलाएको भ्रष्टाचार समाप्त पार्ने, अराजकतालाइ समाधान गर्न खोज्ने र शुसासनलाइ स्थापित गर्न खोज्ने विप्लवलाइ चाहि सरकारले प्रतिबन्ध लगाउने निर्णय गर्नु सरकारको कमजोरी भएको बताए ।

सीके राउतसंग सम्झौता गरेकै दिन प्रधानमन्त्रीले विप्लवलाइ आलोचना गरेकोले सरकार नेकपा प्रति कडा रुपमा प्रस्तुत हुन्छ भन्ने छनक त मिलेकै थियो । तर,औपचारिक वार्ता समेत नगरि एकै पटक पार्टी नै प्रतिवन्ध लगाउने तहमा सरकार किन आक्रोशित र आवेशमा आयो भन्ने चाहि नवुझिएको पक्ष रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);