विप्लव नेतृत्वको नेकपासँग अधिकतम पहल गरी वार्ता गर्न बालकृष्ण खाँणको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

विप्लव नेतृत्वको नेकपासँग अधिकतम पहल गरी वार्ता गर्न बालकृष्ण खाँणको सुझाव

काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यामबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन अधिकतम पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने भन्दा पनि उनीहरुलाई वार्ता र संवादकै बाटोबाट संवैधानिक प्रक्रिया र राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन उपयुक्त हुने बताएका छन् ।

बुधबार संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले चन्द नेतृत्वको नेकपाले गरिरहेको हिंसात्मक गतिविधि स्विकार्य नहुने उल्लेख गर्दै उनीहरुलाई सरकारले प्रतिबन्ध लगाउने भन्दा पनि राष्ट्रिय राजनीतिक मूल धारमा ल्याउन अधिकतम पहल गर्न उपयुक्त हुने बताए । नेता खाँडले राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउन पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गरे ।

नेपाली काँग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका नेता खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन पनि सरकारलाई आग्रह गरे ।

ताजा समाचार