विप्लव नेतृत्वको नेकपालाई सुध्रिने अन्तिम मौका दिनुपर्छ : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विप्लव नेतृत्वको नेकपालाई सुध्रिने अन्तिम मौका दिनुपर्छ : बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं, २९ भदौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय संगतिपूर्ण नरहेको टिप्पणी गरेका छन् ।

संयोजक भट्टराईले राष्ट्र बिखण्डनमा लागि परेको सिके राउतसँग सहमति गरेको सरकारले चन्द नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताए ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्म कैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाए ।

संयोजक भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रबामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरुलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्नेमा प्रतिवन्ध लगाउने निर्णय लिनु ठिक नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);