वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख : मोहन बैद्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख : मोहन बैद्य

काठमाडौं, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने बताए । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।

महासचिव बैद्यले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गरे । महासचिव बैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । राष्ट्रियता र जनजीविकालाई थाती राखेर मुलुकमा समृद्धि ल्याउन नसकिने महासचिव बैद्यको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);