राज्य सत्ता विरुद्ध संघर्षका लागि तयार रहन वैद्यको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

काठमाडौं, १४ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले वर्तमान राज्यसत्ताविरुद्ध संघर्ष गर्न तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार पार्टीको भातृ संगठन क्रान्तिकारी युवा लिगले काठमाडौंमा आयोजना गरेको मार्च पासपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै महासचिव बैद्यले मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सबै क्रान्तिकारीहरु एकजुट हुनुको विकल्प नरहेको बताए ।

महासचिव बैद्यले क्रान्तिको अगुवाई गरेका प्रचण्ड प्रधानमन्त्री बन्ने लोभमा संसदीय भासमा डुबेको आरोप लगाउँदै जनताको शासन व्यवस्था स्थापनाका लागि आफूहरु फेरी क्रान्तिको बाटोबाट अघि बढ्न बाध्य हुने अवस्था आएको बताए । महासचिव बैद्यले वर्तमान संविधानले जनताको अधिकारको रक्षा गर्न नसक्ने दावी गरे