परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई प्रचण्डको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई प्रचण्डको सुझाव

काठमाडौं, १४ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

अध्यक्ष दाहालले जनताको जीवनमा परिवर्तन हुनेगरी विकास, निर्माणको काम अघि बढाउने गरी बजेट नआए मुलुकमा प्राप्त राजनीतिक परिवर्तनमा दिगोपना नआउनेतर्फ पनि सचेत गराए ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘१४ औं अन्तराष्ट्रिय औंद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा अनुकूल समय अहिले रहेको बताए ।

अध्यक्ष दाहालले विकास, निर्माणद्धारा जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी मुलुकमा सबै तहको सरकार निर्माण भएको उल्लेख गरे । अध्यक्ष दाहालले सरकार बलियो भएकाले मुलुकलाई समृद्ध बनाउन सक्षम हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);