कञ्चनपुरमा नेपालले लगाएको विद्युतीय तारबार एसएसबीले किन भत्कायो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कञ्चनपुरमा नेपालले लगाएको विद्युतीय तारबार एसएसबीले किन भत्कायो ?

किशोर तामाङ
कञ्चनपुर, १४ वैशाख । भारतीय सीमा सुरक्षा बल एसएसबीले पटक पटक आक्रमण गरेको भन्दै कञ्चनपुरको पुनर्वासबासी आक्रोशित भएका छन् । सीमा विवादका कारण भारतीय एसएसबीले दुख दिने गरेको भन्दै उनीहरुले दीर्घकालीन रुपमा समाधान गर्न माग गरेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक जंगली जनावर नियन्त्रण गर्न जडान गरिएको विद्युतीय तारबार एसएसबीले हटाएपछि नेपाली आक्रोशित भएका हुन् । एसएसबीले नेपालालीलाई आक्रमण गर्दा पनि नेपाल सरकार निरिह भएको स्थानीयको गुनासो गरेका छन् ।

हात्तिको बथानबाट बस्ती सुरक्षीत बनाउन पुनर्वास नगरपालिकाको ६ लाखको बजेटमा निर्माण थालिएको विद्युतीय तारबारको पोल एसएसबीले भत्काएको छ । दुई देशबीचको सम्झौता अनुसार नै तारबार लगाइएको नेपाली पक्षको दाबी छ।

समस्या समाधानका लागि केहि दिनमै नेपाल भारतको संयुक्त सीमा सर्वे टोली सो स्थानमा पुग्ने प्रहरीले जनाएको छ । जब घटना हुन्छ तब सीमा विवादका विषयमा सबैको चासो देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);