नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीको अवरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीको अवरोध

किशोर तामाङ

कञ्चनपुर, १३ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथी अवरोध गरेका छन् । जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तार जडान गर्ने क्रममा हातहतियार सहितका एसएसबीले अवरोध गरेको हो । एसएसबीको अवरोधपछि स्थानीय आक्रोशित भएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तार जडान गर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । पूर्वसहमति अनुसार दशगजा क्षेत्रबाट करिब ५-७ मिटर वरैबाट तारबार लगाउन खोज्दा एसएसबीले अवरोध गरेको हो ।

 

एसएसबीको अवरोधपछि स्थानीय आक्रोशित भएका छन् । भारतीय पक्षले पटक पटक नेपालीलाई दुख दिएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । भारतीय पक्षले सहमति गर्ने तर कार्यान्वन नगर्ने गरेको उनीहरुको भनाई छ । उनीहरले भारतीय पक्षको दादागिरी अन्त्यका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । प्रशासनले दुइ देशको सीमा विवाद कुटनीतिक तबरबाट सुल्झाउने बताएको छ ।

भारतीय एसएसबीको गतिविधिबाट नेपाली आजित भएका छन् । नेपाल भारत सीमा विवादका विषयमा छलफल भएपनि निष्कर्षमा पगेको छैन ।

जसका कारण नेपालीले दुख पाउने गरेका छन् । सीमा विवाद समाधानका लागि केन्द्रबाट भारतसँग उच्चस्तरीय वार्ता गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);