राष्ट्रिय योजना आयोगका पदाधिकारीले सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय योजना आयोगका पदाधिकारीले सपथ लिए

काठमाडौं, १३ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्प कँडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिंहदरबारमा एक समारोहकाबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेललाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

त्यस अवसरमा नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्यहरु डिलबहादुर गुरुङ, इन्जिनियर शुशिल भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँलले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त उपाध्यक्ष डा. कँडेलले आयोगका अन्य सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ ग्रहण समारोहमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्य सचिवसहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । यसैबीच, नवनियुक्त उपाध्यक्ष कँडेलले सरकारको निर्देशन अनुसार इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ सरकारको ‘थिंक टयांक’ को रुपमा काम गर्ने योजना अघि सारे । उपाध्यक्ष कँडेलले सरकारको सहयोगी संस्थाको रुपमा आफूहरुले काम गर्ने स्पष्ट पारे ।

मन्त्रीपरिषदको गत मंगलबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्ती गरेको थियो । नवनियुक्त आयोगका सदस्य प्रा. उषा झा भने देश बाहिर रहेकाले पद तथा गोपनियताको सपथग्रहण समारोहमा सहभागी भइनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);