चालु आर्थिक वर्षको चैत्रसम्ममा ५ सय २९ बलात्कारका घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चालु आर्थिक वर्षको चैत्रसम्ममा ५ सय २९ बलात्कारका घटना

rape

अप्सरा लामिछाने

काठमाडौं, १३ वैशाख । पछिल्लो समय नेपालमा बलात्कारका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चैत्रसम्ममा मात्र ५ सय २९ बलात्कारका घटनासम्बन्धी उजुरी परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अझ सामाजिक प्रतिष्ठा र डरधम्कीका कारण कतिपय घटना गुपचुप हुने गरेका छन् ।

पछिल्लो चार बर्षको तथ्याङ्कले भने वर्षेनी बलात्कारका घटना बढ्दै गएको कुरा पुष्टि गरेको छ । आर्थिक बर्ष २०७१-७२ मा ९ सय ८१ बलात्कारका घटनाको उजुरी परेकोमा आर्थिक बर्ष २०७२-७३ मा यो संख्या बढेर १ हजार ८९ पुग्यो ।

आर्थिक बर्ष २०७३-७४ मा ११ सय ३१ र चालु आर्थिक बर्षको चैत्रसम्ममा ५ सय २९ बलात्कारका घटनासम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेश नम्बर २ का ८ जिल्लामा तीन बर्षको अवधिमा ३ सय २८ वटा बलात्कारका घटना भएका छन् । तीन वर्षको तथ्याङ्क अनुसार सिराहामा ६७, धनुषामा ४५, सप्तरीमा ३ महोत्तरीमा २३, सर्लाहीमा ४०, रौतहटमा ४०, बारामा ३६ र पर्सामा ३८ वटा बलात्कारका घटना भएका हुन् ।

४ वर्षीया बालिकादेखि ७० वर्षका वृद्धासमेत बलात्कारको शिकार बनेका छन् । सामाजिक प्रतिष्ठा र डरधम्कीका कारण कतिपय घटना गुपचुप हुने गरेका छन् ।

। पछिल्लो समय ओहोदामा बसेका र सुरक्षाका जिम्मा लिएका प्रहरीहरुबाट नै बलात्कारका घटना भइरहेका छन् । जसले गर्दा महिलाहरु कतै पनि सुरक्षित नरहेको यस्ता घटनाले देखाइरहेको छ ।

बलात्कार समाजिक तथा कानुनी रूपमा जघन्य अपराध हो । कतिपय देशमा त बलात्कारीलाई मृत्युदण्डसमेत दिने व्यवस्था छ । छिमेकी देश भारतले १२ बर्ष मुनिका बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई फासी दिने कानुन स्वीकृत गरेको छ ।

तर, नेपालमा भने फितलो हुनु र भएकै कानुन पनि कडाइका साथ कार्यान्वयन नहुँदा बलात्कारका घटना बढ्दै गएको महिला अधिकारकर्मीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);