प्रदेश २ मा तीन बर्षमा ३ सय २८ वटा बलात्कारका घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश २ मा तीन बर्षमा ३ सय २८ वटा बलात्कारका घटना

rape news

बारा, ९ बैशाख । प्रदेश नम्बर २ का ८ जिल्लामा तीन बर्षको अवधिमा ३ सय २८ वटा बलात्कारका घटना भएका छन् । तीन वर्षको तथ्याड्ढ अनुसार सिराहामा ६७, धनुषामा ४५, सप्तरीमा ३ , महोत्तरीमा २३, सर्लाहीमा ४०, रौतहटमा ४०, बारामा ३६ र पर्सामा ३८ वटा बलात्कारका घटना भएका हुन् ।

जबरजस्ती करणी गर्नेहरु मध्ये ३ सय ५३ जना लाई प्रहरीले कारबाही गरेको छ । घटनामा संलग्न रहेको १ सय ८० जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

बलात्कारका घटना बढेको भन्दै बारा प्रहरीले नियन्त्रण गर्न जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ । अभियानमा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ बुद्धिजिवी, समाजसेवी, राजनितिकर्मी र विद्यार्थी शिक्षक र सञ्चारकर्मीले साथ दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);