रुपन्देहीमा एक वर्षमा ५० बलात्कारका घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रुपन्देहीमा एक वर्षमा ५० बलात्कारका घटना

विवेक विश्वकर्मा

रुपन्देही, ८ वैशाख । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । रुपन्देही जिल्लामा मात्रै एक वर्षमा ४० देखि ५० वटासम्म बलात्कारका घटना हुने गरेको तथ्य बाहिरिएको छ । पीडित हुनेमा अधिकांश गरिब तथा मजदुर परिवारका बालिका तथा युवती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार जबरजस्ती करणीको शिकार हुनेमा अधिकांश मजदुर वर्गका महिला तथा बालिकाहरु रहेका छन् । रुपन्देहीमा चालु आर्थिक बर्षमा २९ वटा जवरजस्ती करणीको मुद्दा दर्ता भएकोमा तीमध्ये १३ जना मजदुरी पेशामा रहेको पाइएको छ । १६ देखी २५ बर्ष उमेरका महिला तथा बालिका जबरजस्ती करणीमा पर्ने गरेका देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकअनुसार समग्र मुद्दामा आधा भन्दा बढी अर्थात ५२ प्रतिशत १६ देखी २५ बर्ष उमेरका महिला तथा बालिका पीडित रहेका रहेका छन् । २० प्रतिशत २६ देखी ३५ बर्ष सम्मका महिला तथा बालिका, १६ बर्ष मूनिका १४ प्रतिशत तथा ३७ बर्ष देखी ४५ बर्ष सम्मका पनि १४ प्रतिशत नै पीडित देखिएका छन् ।

आर्थिक बर्ष २०७२/२०७३ मा २६ वटा जवरजस्ती करणी  उद्योगका घटना दर्ता भएकोमा आर्थिक बर्ष २०७३/२०७४ मा यो संख्या बढेर ३० पुगेको थियो । आर्थिक बर्ष २०७३/२०७४ मा जबरजस्ती करणीका ४३ वटा मुद्दा दर्ता भएको जिलला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । चालु आर्थिक बर्षमा भने जबरजस्ती करणीका २९ वटा मुद्दा दर्ता भएको कार्यालयको भनाइ छ ।

त्यसो त, कतिपय बलात्कार नाताभित्र हुने गरेकाले घटना बाहिर नआउने समस्या पनि छ । रुपन्देहीमा जवरजस्ती करणी तथा करणी उद्योगको घटना अनुसन्धान गर्दा सबै भन्दा बढी साँझ ६ बजे देखी १२ बजे राती सबै भन्दा बढी महिला तथा बालिका पीडित हुने गरेका छन्।

रुपन्देही प्रहरीले बलात्कारका घटना न्यूनिकरण गर्न विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको कार्ययोजनामा जबरजस्ती करणी अपराध सम्बन्धमा विद्यालय तथा कलेजहरुमा कार्यक्रम संचालन गर्ने, जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धमा बिभिन्न् पत्र पत्रिका, स्थानिय एफ.एम रेडियोबाट समेत नाटक जस्ता कार्यक्रम गरी सचेतना फैलाउने उल्लेख छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);