कैलाली, ८ बैशाख । कैलालीको धनगढीबाट लागू औषध चरेशसहित प्रहरीले आज २ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ प्रकृतिनगरम पसल सन्चालन गरी बस्ने ३५ वर्षीय प्रजापति पन्त र वडा नम्बर ४ का रामसिह धामिलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी हवल्दार कामदेव भण्डारी नेतृत्ववमा खटिएको टोलीले पन्त र धामीलाई पसलबाट चरेश खरिबदविक्री गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । उनिहरुको साथबाट ३ किलो ४ सय ग्राम चरेश बरामद गरिएको छ ।
पन्त र धामीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।




