काठमाडौं, ८ बैशाख । सरकारले सुरु गरेको विद्यार्थी भर्ना अभियान सफल बनाउन सांसदहरु सक्रिय भएका छन् । बिहिबार काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले आर्थिक रुपमा विपन्न दिपशिखा वलामीको अभिभावकत्व ग्रहण गर्दै बालाजुस्थित शितला माध्यामिक विद्यालयमा कक्षा तीनमा भर्ना गराए ।
कार्यक्रममा नागार्जुन भैरव वचत तथा ऋण सहकारी संथाले आर्थिक रुपमा बिपन्न कक्षा २ र तीनका १८ जना बालबालीकालाई पुस्तक तथा कपिकलम वितरण गरेको थियो ।




