त्रिदेशीय अवधारणाको प्रस्ताव सकारात्मक : परराष्ट्रमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

त्रिदेशीय अवधारणाको प्रस्ताव सकारात्मक : परराष्ट्रमन्त्री ज्ञवाली

pradeep gyawali

काठमाडौं, ८ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिदेशीय सम्बन्धबाटनै नेपालले लाभ उठाउनसक्ने बताएका छन् । एक साताको चीन भ्रमण पुरा गरेर शनिबार स्वदेश फर्केका परराष्ट्रमन्त्री ज्ञवालीले चीनले पनि नेपाल, भारत र चीनबीचको त्रिदेशीय अवधारणको प्रस्ताव गरेको बताए ।

चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको उनको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले आफू प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्र चीन भ्रमणमा नगएको भन्दै भ्रमण दुई देशीय सम्बन्ध प्रगाढ बनाउँदै सहयोगका लागि नयाँ क्षेत्र खोज्ने सन्दर्भमा केन्द्रीत भएको बताए ।

उनले भ्रमणका क्रममा केरुङ–काठमाण्डौ, काठमाण्डौ–पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीनले विशेष प्राथमिकता दिई बनाईदिओस् भन्ने प्रस्ताव गरेको जानकारी दिए । त्यस्तै रसुवागढी–केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भूकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका सञ्चालन सम्बन्धमा पनि कुराकानी भएको उनको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);