कानुन कार्यान्वयनमा सचेत हुन कामु प्रधानन्यायाधीशको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कानुन कार्यान्वयनमा सचेत हुन कामु प्रधानन्यायाधीशको आग्रह

Deepak-Raj-Joshi

काठमाडौं, ८ बैशाख । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले कानुन कार्यान्वयनमा सरकारी वकिलको महत्वपुर्ण भुमिका हुने भन्दै सचेत भएर काम गर्न आग्रह गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयद्धारा शनिबार काठमाडौंमा आयोजित सरकारी वकिलहरुको केन्द्रीय प्रशिक्षणमा उनले कानुन कार्यान्वयनका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

कानुनको अक्षरश पालना, अनुसन्धान तथा नागरिकलाई मानवअधिकारको प्रत्याभूति गर्ने जिम्मेवारी पनि सरकारी वकिलको भएकाले स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले मुलुकी ऐनलाई परिमार्जन गर्दै बनाईएको देवयानी, फौजदारी, अपराध संहिता लगायतका ५ वटा कानुन कार्यान्वयनमा सरकारी वकिलको महत्वपूर्ण भुमिका रहेको उल्लेख बताए ।

कार्यक्रममा संक्रमणकालिन न्याय र सरकारी वकिलको भुमिका, अपराध संहिता ऐनसमेतका नयाँ कानून कार्यान्वयनमा सरकारी वकिलको भुमिका, सरकारी वकिलहरुसँग राखिएका अपेक्षा, कामकारवाहीको अवस्था र सुधारका पक्ष लगायत विषयमा छलफल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);