प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी

काठमाडाैं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ ।

बुधवार सरकार पक्षबाट सह–न्यायाधिवक्ता गोपाल प्रसाद रिजालले बहस सुरु गरेका छन् । आज महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्ने छ ।

सरकारी वकिलले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन ब्यवसायीलाई बहसका लागी ७ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् ।

त्यसपछि, कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संबैधानिक इजलासमा भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);