वामदेव गौतमको मनोनयन विरुद्धको रिटमाथि सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वामदेव गौतमको मनोनयन विरुद्धको रिटमाथि सुनुवाई हुँदै

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको हो ।

आजको सुनुवाईमा गौतमका तर्फबाट ३० जना कानुन व्यवसायीले बहस गर्ने बताइएको छ । उनीहरुको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् । अन्त्यमा निवेदकले जवाफ दिने समय पाउनेछन् । बहस नलम्बिए उक्त मुद्दाको फैसला आजै हुन सक्ने बताइएको छ ।

यसअघि गत बुधबार रिट निवेदकले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट महान्यायाधिवक्ता सहितले बहस गरेका थिए । सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भइ पराजित गौतमलाई उही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने रिट निवेदकहरुको जिकिर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);