विद्यालय भर्ना अभियान उल्लेख्य रुपमा सफल : मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विद्यालय भर्ना अभियान उल्लेख्य रुपमा सफल : मन्त्री पोखरेल

Girirajmani Pokhrel

काठमाडौं, २१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय भर्ना विशेष अभियान कार्यक्रम उल्लेख्य रुपमा सफल भएको दावी गरेको छ ।

मन्त्री पोखरेलले बैशाख १ गतेबाट सुरु गरिएको विद्यालय भर्ना विशेष अभियान उल्लेख्य रुपमा सफल भएको बताए । विद्यालय भर्ना विशेष अभियानबारे सोमबार प्रतिनिधिसभामा जानकारी गराउँदै उनले अझै पनि विद्यालयको पहुँचमा नपुगेका बालबालिकाहरुको संख्या ५९ हजार ७ सय ३३ जना रहेको उल्लेख गर्दै उनीहरुलाई पनि विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान सुरु गरिएको स्पष्ट पारे ।

आईतबार बसेको मन्त्रीपरिषद बैठकले दोस्रो चरणमा पनि विद्यालय भर्ना अभियान संचालन गर्ने निर्णय गरेको थियो । मन्त्री पोखरेलले विद्यालय जान नपाएका बालबालिकाहरुको यथार्थ विवरण केन्द्रिय सरकारलाई उपलब्ध गराउन पनि सबै स्थानीय तहसँग आग्रह गरे । सरकारले एक वर्ष भित्र सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउने योजना अघि बढाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);