पेट्रोलियम पदार्थको मूल्य बृद्धि स्वभाविक : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

काठमाडौं, २१ जेठ । आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुँदा नेपालमा पनि बढ्नु स्वभाविक भएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री यादवले मूल्य बृद्धि हुँदा पनि भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएकाले तस्करी बढेको बताए ।  मूल्य वृद्धि पछि पनि आयल निगमलाई ३७ करोड रुपैयाँ घाटा रहेको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बचाउ गरे ।

मन्त्री यादवले विगतमा पेट्रोलियम पदार्थको मूल्यमा राजनीति हुँदा आयल निगम करोडौं घाटामा गएको र तेलको भुक्तानी दिन नसक्दा सरकार जमानी बसेर ऋण खोजिदिनुपर्ने अवस्था आएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);