ईन्धनकाे मूल्य बढेपनि दैनिक उपभोग्य बस्तुकाे मूल्य बृद्धि हुँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ईन्धनकाे मूल्य बढेपनि दैनिक उपभोग्य बस्तुकाे मूल्य बृद्धि हुँदैन

bastu

अप्सरा गौतम
काठमाडौं, २१ माघ । सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि सर्वसाधरणमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्छ कि भन्ने त्रास बढेको छ । नेपाल सरकारले २०७४ असोज १२ गतेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको स्वचालीत मुल्य समायोजन लागु गरेको हो ।

यस अनुसार अन्तर्राष्ट्रिय स्तरमा मुल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्ने गर्दछ । यही आधारमा शनिबार राती १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढायो ।

ईन्धनको मुल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर जनजीवनमा पर्न जान्छ । यसरी बाम्बार पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गर्दा आफुहरुको दैनिकिमा असर परेको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन् ।

नेपाल सरकारले ईन्धनको मुल्य वृद्धि गरेपनि खासै आत्तिनु नपर्ने बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकोे भनाई छ । ईन्धनमा २ रुपैयाँ बढ्दैमा सवारी साधनको भाडा लगायत अरु उपभोग्य बस्तुहरुमा मुल्य वृद्धि हुँदैन ।

यदि कसैले पेट्रोलियम पदार्थमा गरिएको थोरै मूल्यवृद्धिको आडमा विभिन्न उपभोग्य वस्तु लगायत सवारी साधनको भाडा बढाएको पाईएमा त्यस्ता व्यवसायीहरुलाई कार्वाही गरिने बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन बताउँछन् ।

ईन्धनको मुल्य बढेसंगै पेट्रोल लिटरको १ सय १०, डिजेल र मट्टीतेल लिटरको ९७ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।

बजारमा आपूर्ति व्यवस्था सहज गर्न र बजार मूल्य नियन्त्रणको लागि विभागले आकस्मिक अनुगन गर्ने जनाएको छ । विभागले अहिलेसम्म ९८ जना कारोबारीलाई कारबाही गरेको छ । जथाभावी मूल्य लिई व्यापार गरेको पाइएमा ३ लाखसम्म जरिवाना र जेल सजायसम्मको कारबाही हुने विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);