दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि गरे कारवाही गर्ने वाणिज्य विभागको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि गरे कारवाही गर्ने वाणिज्य विभागको चेतावनी

banijya-bibhag

अप्सरा गौतम
काठमाडौं, २१ माघ । सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि सर्वसाधरणमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्छ कि भन्ने त्रास बढेको छ । मूल्यवृद्धिप्रति सर्वसाधरणले रोष प्रकट गरेका छन् । इन्धनमा भएको मूल्य वृद्धिको आडमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाइए कारबाही गर्ने वाणिज्य विभागले चेतावनी दिएको छ ।

नेपाल सरकारले २०७४ असोज १२ गतेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको स्वचालीत मुल्य समायोजन लागु गरेको हो । यस अनुसार अन्तराष्ट्रिय स्तरमा मुल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढने गर्दछ । यही आधारमा शनिबार राती १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटिृतेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढायो । ईन्धनको मुल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर जनजीवनमा पर्न जान्छ । यसरी बाम्बार पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गर्दा आफुहरुको दैनिकिमा असर परेको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन ।

नेपाल सरकारले ईन्धनको मुल्य वृद्धि गरेपनि खासै आत्तिनु नपर्ने बाणिज्य, आर्पूिर्त तथा उपभोक्ता संरक्षण विभागकोे भनाई छ । ईन्धनमा २ रुपैया बढदैमा सवारी साधनको भाडा लगायत अरु उपभोग्य बस्तुमाहरुमा मुल्य वृद्धि हुँदैन । यदि कसैले पेट्रोलियम पदार्थमा गरिएको थोरै मूल्यवृद्धिको आडमा विभिन्न उपभोग्य वस्तु लगायत सवारी सधनको भाडा बढाएको पाईएमा त्यस्ता ब्यबसायीहरुलाई कार्वाही गरिने बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन बताउँछन् ।

ईन्धनको मुल्य बढेसंगै पेट्रोल लिटरको १ सय १०, डिजेल र मट्टीतेल लिटरको ९७ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ । बजारमा आपूर्ति व्यवस्था सहज गर्न र बजार मूल्य नियन्त्रणको लागि विभागले आकष्मिक अनुगन गर्ने जनाएको छ । विभागले अहिलेसम्म ९८ जना कारोबारीलाई कारबाही गरेको छ । जथाभावी मूल्य लिई व्यापार गरेको पाइएमा ३ लाखसम्म जरिवाना र जेल सजायम्मको कारबाही हुने विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);