अनुगमन गर्न मालपाेत कार्यालयमा मन्त्री पुगिन् | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अनुगमन गर्न मालपाेत कार्यालयमा मन्त्री पुगिन्

padma kumari aryal

काठमाडौं, २२ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन् । सोमबार बिहान साढे १० बजे चाबहिल मालपोत पुगेकी मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिको अनुगमन गरेको थियो ।

मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसरह बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । सचिव गोपीनाथ मैनालीसहित अनुगमनमा गएकी मन्त्री अर्यालले सेवाग्राहीसँग सेवा प्रवाहबारे जानकारीसमेत लिएकी थिइन् । यो समाचार अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);