बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरेकोमा सिटौलाकाे आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरेकोमा आपत्ति जनाएका छन् ।

नेता सिटौलाले पीडितसँग सुझाव समेत नलिई सरकारले ज्यान मार्ने घटनामा संलग्न ढुंगेलको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाए । उनले द्वन्द्वकालका पीडितलाई न्याय दिने विस्तृत शान्ति सम्झौताको सर्तलाई समेत खण्डित हुने गरी सरकारले ढुंगेललाई कैद मिनाहा गरेको आरोप लगाए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले द्वन्द्वकालको पीडालाई सम्बोधन गरी सत्य निरुपण तथा मेलमिलापको काम कहिले सम्पन्न गर्ने भनि सरकारलाई प्रश्न समेत गरे । नेता सिटौलाले हिंसा छोडेर जनताको मन जितेर अघि बढ्न नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि आग्रह गरे ।

काँग्रेस नेता सिटौलाले दण्डहिनतालाई मौलाउन नदिन पनि सरकारको ध्यानाकर्षण गराए । उनले द्वन्द्वकालका पीडितलाई न्याय दिन काँग्रेस लागि पर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);