बजेटलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने काँग्रेसकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बजेटलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने काँग्रेसकाे निर्णय

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने भएको छ ।

काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरेको हो ।

जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

काँग्रेसले बाह्य लगानी भित्र्याएर मुलुकको राष्ट्रियतालाई कम्जोर बनाउने आशंका व्यक्त गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख सचेतक खाँडले बजेटले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको बताए ।

बैठकले बालकृष्ण ढुंगेलको बाँकि कैद सजाय मिनाहा गरेकोमा पनि आपत्ति जनाएको छ । संविधान र कानुन विपरित हुनेगरी ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने प्रमुख सचेतक खाँडले बताए ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर द्वन्द्वकालमा हत्या अभियोगमा जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी नेता ढुंगेलको बाँकि जेल सजाय मिनाहा गरेको थियो ।

काँग्रेसले ढुंगेलको आचरणमा पनि सुधार नआएको र उनलाई जेल सजाय मिनाह गर्ने सरकाको निर्णय विधिसम्मत नभएको भन्दै आपत्ति जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);