सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने कांग्रेसको निर्णय

congress

काठमाडौं, ११ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने भएको छ । नेपाली काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारले एकपछि अर्को जनविरोधि काम गरिरहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने निर्णय गरेको हो ।

सरकारले जनविरोधी काम गरिरहेकाले त्यसविरुद्ध सडक आन्दोलनलाई समेत बल पु¥याउने गरी सदनमा कुरा उठाउने निर्णय गरिएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’ संसद छलेर ल्याएकोमा पनि आपत्ति जनाएको छ । त्यसैगरी निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको, जनतालाई करको मारमा पार्ने काम सरकारले गरिरहेको काँग्रेसको आरोप छ ।

संघीय संसदको हिउँदे अधिवेशनमा यिनै विषय उठान गरेर जनसरोकारको विषयलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने पनि प्रमुख सचेतक खाँडले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);