सत्तारुढ दलका नेताले भ्रष्टको आरोप लगाएपछि दिगम्बर झा पद त्याग्न तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सत्तारुढ दलका नेताले भ्रष्टको आरोप लगाएपछि दिगम्बर झा पद त्याग्न तयार

digamber-jha

काठमाडौं, ११ पुस । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफू पद त्याग गर्न तयार रहेको बताएका छन् । अध्यक्ष झाले सत्तारुढ दलका नेताहरुले आफूलाई भ्रष्ट, अयोग्य र विवादित भएको आरोप लगाएको उल्लेख गर्दै आफू कुनै पनि बेला पद त्याग गर्न तयार रहेको बताएका हुन् ।

बुधबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी उनले आफूजस्तो इमान्दार र कर्तव्यनिष्ट कर्मचारीलाई सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा भ्रष्टको आरोप लगाउने काम भएकोमा आफू अति दुःखित भएको प्रतिक्रिया दिए । अध्यक्ष झाले आफू क्षमतावान भएकैले प्राधिकरणको सो पदमा पुनः आएको दावी गरे ।

झाले आफू पछिल्लो पटक पनि प्रतिस्पर्धाको आधारमा प्राधिकरणको नेतृत्वमा आएको बताए । उनले आफूमाथि सत्तारुढ दलकै केही नेताहरुले मानहानी गर्ने काम गरेको उल्लेख गर्दै त्यस विरुद्ध अदालत जाने चेतावनी पनि दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);