पार्टी र नेतृत्वभन्दा देश ठूलो हाे, जुनसुकै त्याग गर्न तयार छु : सभापति लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

पार्टी र नेतृत्वभन्दा देश ठूलो हाे, जुनसुकै त्याग गर्न तयार छु : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्। कारागारबाट रिहा भएपछि चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी र नेतृत्वभन्दा देश ठूलो भएकाे भन्दै देशका लागि जस्ताेसुकै त्याग गर्न तयार रहेकाे बताएका हुन् ।

सभापति लामिछानेले आवश्यक परे पार्टी, चुनाव चिन्ह, पद र संरचना सबै त्याग्न तयार रहेको बताए। मिल्नुपर्ने शक्तिहरू अन्तिम समयमा एक भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले आफू एउटा चुनावका लागि होइन, पुस्ताका लागि राजनीतिमा आएको दाबी गरे।

उनले सरकारलाई निर्भीक भएर निर्वाचनतर्फ अघि बढ्न आग्रह गर्दै रास्वपा सुशासन र जेनजीको माग पूरा गराउने पक्षमा सरकारसँगै उभिने स्पष्ट पारे। साथै, जेनजीहरूसँगै देशको भविष्य बनाउने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply