लालबाबु पण्डित भन्छन्- सहमति भए त्याग गर्न तयार छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लालबाबु पण्डित भन्छन्- सहमति भए त्याग गर्न तयार छु

चितवन । उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबावुु पण्डितले १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् ।

सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा नरहेको बताए । बन्द सत्र स्थलमा प्रतिनिधिहरुले सहमतिमा नेतृत्व चयन गर्न नाराबाजी गरिरहेका वेला पण्डितले सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका हुन् । 

प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्ष केपी ओली सर्वसम्मतको प्रयासमा रहेको भन्दै उम्मेदवारी दर्ता गर्न हतार नगर्न आग्रह गरेका छन् । उनले नेतृत्व र नेताहरू सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा जुटेको भन्दै उम्मेदवारी दिन हतार नगर्न आग्रह गरेका हुन् । अर्की नेतृ गंगा चौधरीले पनि आफूसहित सबैजसो प्रतिनिधि सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);