एमाले सुनसरीमा १० बुँदे विवाद : एकै पालिकामा छुट्टाछुट्टै अधिवेशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले सुनसरीमा १० बुँदे विवाद : एकै पालिकामा छुट्टाछुट्टै अधिवेशन

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेको दुई पक्षको छुट्टाछुट्टै नगर अधिवेशन भएपछि विवाद उत्कर्षमा पुगेको छ । जेठ २ अघिको नगर कमिटी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले निर्माण गरेको कमिटीले फरक फरक कमिटी विस्तार गरेको हो ।

२ जेठअघिको कमिटीको नगर अधिवेशनले नारायण सुवेदीको नेतृत्वमा ८५ सदस्य कमिटी चयन गरेको छ । उपाध्यक्षमा राजमणि निरौला, सचिव पारस काङमाङ भने सहसचिवमा राजेन्द्र राई र दिवस बान्तवा चयन भएको अध्यक्ष सुवेदीले बताए ।

त्यस्तै संस्थान पक्षले हर्कजंग एभेङलाई नगर अध्यक्ष बनाएको छ । उपाध्यक्षमा सविता चाम्लिङ, सचिवमा सुदेश चापागाईं, उपसचिवमा जोन राई र सुमन राई सर्वसम्मत चयन भएका छन् ।

धरानमा संस्थापन पक्ष र २ जेठअघिको कमिटीका नेताहरूबीच सहमति हुन नसक्दा दुई वटा अधिवेशन भएको हो । यसअघि वडा अधिवेशनको क्रममा पनि यी दुवै पक्षबीच विवाद भएको थियो । यद्यपि, १४ वटा वडाहरूमा मिलेर एकै ठाउँमा अधिवेशन भए पनि ६ वटा वडामा भने अलग अलग कमिटी गठन भएको छ । १३ नम्बर वडा कमिटी दुवै महाधिवेशनमा गएन । उक्त वडाले दुवै पक्षलाई एकै स्थानमा अधिवेशन गर्न दबाब दिँदै आएको थियो । तर दुवै पक्षले फरक फरक अधिवेशन आह्वान गरेपछि उक्त वडा समावेश नभएको बताइएको छ । 

पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको क्षेत्रमा नेतृत्व तहले सहमति गर्ने कुनै बाटो नखोज्दा दुई अधिवेशन भएको एक नेताले बताए । उनले समयमै शीर्ष नेताले चासो दिएको भए धरानमा एमाले विभाजनको अवस्थामा नपुग्ने उनको भनाइ छ । 

जिल्ला नै अन्योल 

जिल्लामा २ जेठलाई आधिकारिक मान्ने कि गत पुसमा बनेको नयाँ कमिटीलाई आधिकारिक मान्ने भन्ने विवाद अझैसम्म कायम छ । २ जेठका अध्यक्ष रमेश बस्नेत पार्टी पुरानै लयमा फर्किएकाले आफू नेतृत्व कमिटीले जिल्लामा आधिकारिक पाउनु पार्ने तर्क गर्छन् । उनले पार्टी एक ढिक्का रहेको बताउन पनि आफू अध्यक्ष रहेको कमिटीलाई पूर्णता पाउनुपर्ने बताउँदै आएका छन् ।

यता संसद् विघटन गरेपछि पार्टी अध्यक्ष ओली पक्षले रेवती रमण भण्डारीलाई अध्यक्ष बनाएर पार्टीको गतिविधि गर्दै आएको थियो । २ जेठका अध्यक्ष बस्नेतले पार्टीप्रति गहिरो क्षति पुर्‍याएकै कारण बस्नेत अध्यक्ष पदमा बस्नु नहुने भण्डारीको भनाइ छ । संकटको घडीमा जिल्ला कमिटीलाई चलायमान बनाउन आफू मातहतको कमिटी रहेको बताउँदै भण्डारी जिल्ला अध्यक्ष छोड्न तयार छैनन् । 

आफ्नो गुट जोगाउन नेताहरु सक्रिय 

जिल्लाको विवादले नगर कमिटीमा पनि राम्रै प्रभाव पार्‍यो । धरानमा कमिटी विस्तार गर्न तथा पार्टीलाई मिलाउन स्थानीय, प्रदेश र केन्द्रका नेता लाग्नुपर्नेमा उनीहरू आफ्नो गुट कसरी बलियो बनाउन सकिन्छ भन्दै लागेका छन् । 

नारायण सुवेदी अध्यक्ष रहेको अधिवेशनमा प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेश सांसद सावित्री जोशी, केन्द्रीय सदस्य धर्मराज निरौला सहभागी थिए । त्यस्तै संस्थापन पक्षको अधिवेशनमा प्रदेश सदस्य मोतीराज सुनुवार, राजकुमार कार्की, मुरारी सुवेदी थिए । पार्टीका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य भने दुवैतिरको अधिवेशनमा सहभागी भएनन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);