हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो

खोटाङ । खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिवेशन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिवेशन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो । वडा अधिवेशनबाट प्रदीप राईलाई वडा कमिटी अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

वडा कमिटीको उपाध्यक्षमा भक्तबहादुर गिरी र वीरबहादुर विष्ट, सचिवमा नारायण कार्की, उपसचिवमा टंक कार्की र गणेश श्रेष्ठ चयन भएका छन् । वडा कमिटी अध्यक्षमा प्रदीप र नारायणको दाबी थियो । दुवैले वडा कमिटी अध्यक्षमा आ–आफ्नो दाबी नछाडेपछि वडा अधिवेशन विवादित बनेको थियो । वडा अधिवेशन रोकिए पनि पालिका अधिवेशनमा सहभागी हुने प्रतिनिधि भने चयन गरिएको थियो । 

वडामा प्रदीप र नारायणको पक्षमा कार्यकर्ता विभाजित भएपछि नेतृत्व चयन पेचिलो बनेको थियो । पालिका अधिवेशन टुंग्याइए लगत्तै नारायणलाई ‘ब्याक’ गरेर विवाद हल गरिएको सचिवालय सदस्य राईले बताए । २ हजार ४४९ जनालाई जिम्मेवारी 

खोटाङका ७९ वडामध्ये ७८ वडाको अधिवेशन ६ देखि ८ कात्तिकको बीचमा सम्पन्न भएको थियो । आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाएका छन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित प्रतिवडा ३१ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);