‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेकोप्रति कांग्रेसको गम्भिर आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेकोप्रति कांग्रेसको गम्भिर आपत्ति

congress

काँग्रेस संसदीय दलको आकस्मिक बैठक :

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको गम्भिर आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकले सत्तापक्षको बलमा राष्ट्रिय चिकित्सा विधेयक पारित गरेलगत्तै बसेको काँग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भिर असर गर्ने गरी सरकारले सो विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्सर्ना पनि गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शक्तिको दूरुपयोग गर्दै सरकारले सो विधेयक पारित गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाईको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले सभामुख कृष्णबहादुर महरा सो विधेयक पारित गराउन सत्ता पक्षका कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै आईन्दा त्यसो नगर्न पनि सचेत गराएको छ । सबैको साझा व्यक्तिको रुपमा सभामुखलाई आगामी दिनमा भूमिका निर्वाह गर्न पनि सचेत गराइएको प्रमुख सचेतक खाँडले बताए ।

संसदीय दलको बैठकले पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई अस्पताल विघटन गरे सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष चर्काउने चेतावनी पनि दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);