करेन्ट लागेर हात-खुट्टा गुमाएका ओलीलाई आर्थिक सहयोगको ओइरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

करेन्ट लागेर हात-खुट्टा गुमाएका ओलीलाई आर्थिक सहयोगको ओइरो

काठमाडौं, ११ माघ । विद्युतीय करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकमका कृष्ण ओलीलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १३ लाख ४६ हजार आर्थिक सहयोग गरेका छन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘कृष्ण ओली सहयोग अभियान दक्षिण कोरिया’ले सहयोगबापत संकल्न गरेको सो रकम विद्युतीय करेन्टका कारण दुई हात र एक खुट्टा गुमाएका ओलीलाई हस्तान्तरण गरिएको हो ।

दक्षिण कोरियामा काम गर्दै आएका गूरुदत्त न्यौपाने, मिन विश्वकर्मा, कृश गुल्मेली बाबु, सुन्दरबाबु श्रेष्ठलगायतका अभियन्ताहरुले सो सहयोग रकम जम्मा गरेर पीडित ओलीलाई सहयोग गरेका हुन ।

कार्यक्रममा अन्नपूर्ण मिडिया ग्रुपले पनि ओलीलाई एक लाख ५४ हजार आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यक्रममा बोल्दै ओलीले आफूलाई आर्थिक सहायता गर्नेहरुप्रति अभार व्यक्त गरे । उनले त्यस अवसरमा विद्युत र विद्युतीय जोखिमबाट बच्न पनि सबैलाई सचेत गराए ।

विद्युतीय करेन्टबाट दुवै हात र एउटा खुट्टा गुमाएका उनलाई अमेरिकालगायतका देशमा रहेका नेपालीहरुले पनि आर्थिक सहयोग गर्दैै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);