एडिबीले गर्‍याे नेपाललाई ३९ अर्ब ३२ करोडको आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एडिबीले गर्‍याे नेपाललाई ३९ अर्ब ३२ करोडको आर्थिक सहयोग

adb sahayeta

काठमाडौं, ४ मंसिर । एशीयाली विकास बैंक (एडिबी) ले नेपाललाई करिव ३९ अरव ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ सचिव डा. राजन खनाल र एडिबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एडिबीको सहयोग मध्ये १८ करोड डलर दक्षिण एशीया उपक्षेत्रीय आर्थिक समन्वय कार्यक्रममा खर्च हुनेछ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि १६ करोड ३९ लाख डलर खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए । एडीबीको सो आर्थिक सहायताबाट नेपालको सडक संजालमा उल्लेख्य सुधार हुने नेपाल सरकारले विश्वास लिएको छ ।

एडीबीले नेपालको पूर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । अर्थ सचिव खनालले नेपाल सरकारलाई एडिबीले गरेको पछिल्लो आर्थिक सहायताप्रति आभार व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);