द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न माग

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

नेता लेखकले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याएर नेपालले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अव संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने बताए । पीडितलाई परिपूरण गर्ने, पीडिकलाई दण्डित गर्ने काम गरेर सरकारले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्नुपर्ने नेता लेखकको भनाई छ ।

काँग्रेस नेता लेखकले पीडितलाई न्याय दिँदा उनीहरुको आत्मसम्मान वृद्धि गर्ने काममा जोड दिन पनि सरकारसँग आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);