मृगौला पीडित बालिका भण्डारीलाई आर्थिक सहयाेग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मृगौला पीडित बालिका भण्डारीलाई आर्थिक सहयाेग

काठमाडौं, १२ मंसिर । गुल्मी हुगाबाम पोखराकी मृगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई २ लाख ८ हजार ५०० आर्थिक सहायता प्रदान गरिएको छ । गुल्मी घर भई वैदेशिक रोजगारको शिलशिलामा दुवई रहेका खिम केसी र कुँवर लईटेलले जुटाएको आर्थिक सहायता मृगौला पीडित बालिका भण्डारीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हस्तान्तरण गरेका हुन् ।

दुवै मृगौला फेल भई काठमाडौंमा उपचार गराई रहेकी बालिका भण्डारीलाई प्रदान गरिएको सो सहायता रकम संकलनमा प्रदेश ५ को पत्रकार समाजले पनि संयोजन गरेको थियो । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जटिल रोगको उपचारमा सहजता ल्याउन सरकारले पनि ‘सर्वव्यापी स्वास्थ्य विमा’को व्यवस्था गरेको बताए ।

उनले नागरिकहरुको अकालमा ज्यान नजाओस् भनेर सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा ऐनको समेत व्यवस्था गर्न लागिरहेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्थामा रहेकी बालिका भण्डारीलाई आर्थिक सहयोग उपलब्ध गराउनेहरुप्रति आभार समेत व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);