जापान नेपालको सबैभन्दा विश्वासिलो विकास साझेदार : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जापान नेपालको सबैभन्दा विश्वासिलो विकास साझेदार : प्रचण्ड

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जापान नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्र भएको बताएका छन् ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जापानले विनासर्त निःश्वार्थभावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको बताए । उनले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको उल्लेख गरे ।

अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने उल्लेख गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको सर्तरहित सहयोगको प्रशंशा गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले द्धिपक्षीय र बुहपक्षीय ढंगले जापानले नेपालको आर्थिक विकासमा पु¥याउँदै आएको सहयोगले निरन्तरता पाईरहने विश्वास पनि व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);