नेता नै धर्मको व्यापारी : प्रलोभनमा पारी यसरी हुँदैछ धर्म परिवर्तन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नेता नै धर्मको व्यापारी : प्रलोभनमा पारी यसरी हुँदैछ धर्म परिवर्तन (भिडियोसहित)

pmoli awarded

काठमाडौं, ९ पुस । गरिब र अशिक्षित जनताहरु आर्थिक प्रलोभनमा परी धर्म परिवर्तन गराउनेको जालमा पर्ने गर्छन । तर यस्तो गैरकानुनी कामको नियमन गर्ने निकाय पनि यस्ता व्यक्ति र संस्थाहरुको घेराबाट बाहिर निस्कन नसक्दा नेपाललाई ईसाईकरण गराउने खेलोमा लागेकालाई सहज भएको छ ।

pmoli awarded

भर्खर मात्र सम्पन्न भएको एसीया प्यासीफिक समिट यसको बलियो उदाहरण हो । युनिर्भसल पिस फेडेरेसनको नाममा आयोजना गरेको भनिएको उक्त समिट मा देखाउनका लागि जे जस्ता विषयमा छलफल भएपनी यसको पछाडिको उद्देश्य युनिफिकेसन चर्च की प्रमुख हक जा हानलाई जिसस क्राइस्टकी छोरी र सच्चा माता हुन् भनेर स्वीकार्य गराउनु र युनिफिकेसन चर्चका संस्थापक मुनले बनाएको बाइबलीय सिद्धान्तकोे प्रचार गर्नु थियो । यसको प्रमाणित यस फेडेरेसनका नेपाल अध्यक्ष एकनाथ ढकालले कोरियामा आयोजित सभामा प्रष्ट पारे

नेपाल सरकारको पुर्वमन्त्री समेत भइसकेका व्यक्ति नै यसरी खुलेआम धर्म प्रचारमा छन् । सबैभन्दा बलिया व्यक्ति नै यी एकनाथ ढकाल हुन् जसले यस्तो विवादीत कार्यक्रम पनि नेपाल सरकारको समर्थनमा सम्पन्न गराउन सफल भए ।

२०६४ सालको चुनावमा धार्मिक संस्था कै आडमा नेपाल परिवार दलको स्थापना गरेर राजनितीमा प्रवेश गरेका ढकाल दलको एक मात्र सभासद हुँदा पनि पटक पटक मन्त्री बने । अहिले दुई तिहाईको कम्युनिष्ट सरकारलाई पनि हातमा लिएर यति ठुलो कार्यक्रम सम्पन्न गर्ने ढकाललाई कहाँबाट जुट्यो आर्थिक स्रोत? सत्तारुढ दलकै नेताहरुले यस्तो विवादीत र धार्मिक संस्थाले आयोजना गर्ने कार्यक्रममा सरकारको समर्थन हुनु हुँदैन भनेर चर्काे विरोध गर्दा पनि प्रधानमन्त्री ले यसको प्रवाह नगरी ढकाललाई सरकारको प्रतिनिधी बनाएर विभिन्न देशमा निमन्त्रणा पठाउने कार्य भयो ।

धर्म प्रचारका लागि होइन भन्दै प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले जवाफ त दिए तर के यो आम नेपालीले पत्याएको कुरो हो त ? युनिफिकेसन चर्चका मातालाई नै ल्याएर आर्शिर्वाद लिने अनि धार्मिक होइन भनेर कसरी पत्याउनु नेपाली जनता ।

कार्यक्रमको तालिका यस्तो सम्म थियो की देश उच्च पदस्थ व्यक्ति र स्थानीय तहका प्रमुखका दम्पतीलाई हक जा हान को आशिर्वाद लिनका लागि कार्यक्रममा सहभागी हुन हवाई टिकट र खानबस्नको व्यवस्था गर्नुका साथै ज्याकेट समेत वितरण गरिएको थियो ।

प्रधानमन्त्री केपि शर्मा ओलीलाई त एउटा एनजिओले गरेको कार्यक्रम यति सम्म महत्वपुर्ण लाग्यो की उनी बालुवाटार छाडेर होटल सोल्टी मा नै तिन रात कटाए । कार्यक्रमको मुख्य व्यक्तिका रुपमा रहेकी हक जा हान अथवा युनिफिकेसन चर्च की प्रमुखले आफु जिसस क्राइस्टको छोरी भएको भन्दै मतव्य राखिन् अनि आफुले गर्दा नै संसारमा सुख शान्ति आउने बताइन् ।

धर्म निरपेक्ष राष्ट्र बनाउन मरिमेटेका नेता अहिले धर्म प्रचार गर्ने गतिविधीलाई समर्थन गर्दा के यो संविधान विपरीतको कार्य होइन ? के नियम र कानुन सर्वसधारण जनतालाई मात्र लाग्ने हो ? नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालमा त झन यो संस्थाको ठुलै प्रभाव छ किन की यसै संस्थाको आयोजनामा उनी धेरै देशको भम्रण गरीसकेका छन् ।

धार्मीक स्वतन्त्रता भएको हाम्रो देशमा व्यक्तिलाई आफुले चाहेको धर्म मान्नलाई स्वतन्त्रता छ तर सरकार नै कुनै धार्मिक संस्थालार्ई समर्थन गर्दै त्यसको कार्यक्रमको समर्थनमा उभिने स्वतन्त्रता छैन। त्यसमा सबैभन्दा निन्दनिय विषय त यो छ की आयोजक संस्था युनिर्भसल पिस फेडेरेसन युनिफिकेसन चर्चद्धारा संचालित संस्था हो ।

अनि युनिफिकेसन चर्चले बाइबलिय सिद्धान्त भन्दा बाहिर गएर मुनलाई र उनकी श्रीमती हक जा हान लाई नै ईश्वर बनाएर भ्रमको खेती गरीरहेको छ । ईसाई धर्माबलम्बि बाटै स्वाकार्य नभएको भ्रमको खेती गरीरहेका व्यक्तिलाई ल्याएर कार्यक्रम गर्नुले के यो नेपाल सरकार को विश्वनीयता माथिको प्रश्न होइन र ?

युनिभर्सल पिस फेडेरेसन र युनिफिकेसन चर्चको स्थापना गरेका कस्ता व्यक्ति थिए मुन
युनिर्भसल पिस फेडरेसन र युनिफिकेसन चर्चका संस्थापक सर म्यान मुन जनवरी ६ सन् १९२० मा उत्तर कोरीयामा किसान परिवारमा जन्मीएका हुन् ।

उत्तर कोरीयाको पेस बेटेरीयन चर्चमा बाइबलको अध्ययन गरेका उनले बाइलीय सिद्धान्त विरोधी पुस्तकहरु लेखेको र आफुलाई जिससको सन्तान भन्दै भ्रामक प्रचार गरेका कारण १९४८ मा चर्चबाट निकालिएका थिए र त्यस्तै गरी अमेरीकामा कर छलीको आरोपमा जेल सजाय पनि काटेका थिए ।

मुनले आफु ४० वर्ष हुँदा १७ वर्षकी हानसंग विवाह गरेका थिए । आफु मात्र जिससको एक्लो सन्तान भएको र आफुले संसारमा शान्ति र प्रेमको सन्देश फैलाउने भनी भ्रामक शिक्षा बाढेर मानिसहरु आफुहरुको हिड्ने गरेको बताइन्छ ।

युनिर्भसल चर्च सन् १९५४ मा कोरियामा स्थापना भएको संस्था हो । यस संस्थाले विश्वका ठुला ठुला देशमा पैसाको पहुँचमा उच्च पदस्थ व्यक्तिहरुलाई प्रभावमा पार्ने गरेको छ र यसबाट नेपाल पनि अछुतो हुन सकेन ।

युनिफिकेसन मुभमेन्टका रुपमा नेपाल भित्रिएको यस संस्थाले धेरै नेपालीहरुलाई प्रभावमा पारेर पिडीत बनाएको छ । गोरखा जिल्लाबाट बसाई सरेर ललितपुरको लुभु आइपुगेका कृष्णप्रसाद पोखरेलले २०३८ सालमा शिक्षीत युवाहरुलाई विदेशमा अध्ययन गराउने, रोजगारी दिने भनि प्रलोभन पारेर युनिफिकेसन मुभमेन्ट सुरु गरेको बताउँछन् ।

आफ्ना दुई जना भाई लाई यस्तै प्रलोभनमा पारी मुभमेन्टमा सहभागी गराएर मुनको बिचारमा तयार पारीएको बाइबल अध्ययनका लागि कोरीया पठाएको बताउँछन् । नेपाली युवाहरुलाई विदेश लगेर विभिन्न काममा लगाई उनीहरुबाट आएको आम्दानी सिधै मुनको बैक खातामा जाने र पैसा नपठाए यातना दिने गरेको गर्ने गर्थे ।

दुई भाई विपी पोखरेल र प्रर्शुराम पोखरेललाई नै गुमाइसकेका कृष्ण प्रसादले आफ्नो वेदना पोख्दै भने उनका दुबै भाईको विवाह पनि कोरीयामा मुनको सामुहीक विवाह कार्यक्रम मा भएको थियो । उनीहरु दुबैले मुनले रोजेका केटी संग बाध्यता बस विवाह गर्नु परेको थियो ।

यसरी धर्मको नाम व्यापार गरीरहेका मुन को सन् २०१२ मा मृत्यृ भएको थियो । अहिले उनको स्थानमा युनिफिकेसन चर्चकी प्रमुख उनकी श्रीमती हक जा हान छिन् । उनै हान नेपालमा भएको एसीया प्यासिफक समिट प्रमुख व्यक्तिका रुपमा थिइन् । अरु देशले प्रतिबन्ध गरेको कार्यक्रम नेपालमा गर्नु ,त्यसमा नेपाल सरकारको पुर्ण समर्थन हुनु र त्यस्तो विवादित संस्थाले दिएको सम्मान प्रधानमन्त्रीले ग्रहण गर्नुले सरकारको नियत माथि नै प्रश्न उठेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);