धर्मगुरुबाट सुशासन अवार्ड, संयोग कि नियोजित ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धर्मगुरुबाट सुशासन अवार्ड, संयोग कि नियोजित ?

pmoli awarded

काठमाडौं, १७ मंसिर । युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख डलर राशिसहितको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकोे छ । एसिया प्यासिफिक समिट समापनको अवसरमा आयोजक संस्थाका तर्फबाट कोरियामा रहेको युनिफिकेसन चर्चकी संस्थापक डा. हक जा हानले सो अवार्ड प्रदान गरेकी हुन् ।

धार्मिक प्रचारमा संलग्न अन्तर्राष्ट्रिय संस्थाले आयोजना गरेको समिटमा सरकार सहआयोजक बनेकोमा विवाद भइरहेका बेला सरकार प्रमुखले नै एक चर्च प्रमुखको हातबाट पुरस्कार ग्रहण गरेका हुन् ।
संविधानको धारा २७७ को उपधारा २ मा सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न नहुने उल्लेख छ ।

तर, आयोजक संस्थाले सरकारको प्रतिनिधित्व नगर्ने भएकाले यो पुरस्कार ग्रहण गर्न मिल्ने सरकारी अधिकारीहरू बताउँछन् । गैरसरकारी संस्था भएका कारण पुरस्कार ग्रहणअघि मन्त्रिपरिषद्को स्वीकृति लिनु नपर्ने दाबी ती अधिकारीले गरे ।

एसिया प्यासिफिक समिट– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको क्षेत्रमा प्रधानमन्त्री ओलीले राम्रो नेतृत्व गरेको भन्दै सो पुरस्कार दिइएको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो पुरस्कार सरकारको सम्मानमा दिएकाले पुरस्कारको रकम नेपाली बालबालिका तथा युवाको क्षेत्रमा खर्च गर्ने गरी सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे ।

प्रतिपक्षी रुष्ट

एसिया प्यासिफिक समिटमा सरकारको संलग्नतालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुष्ट भएको छ । धर्म प्रचारक संस्था मुख्य आयोजक रहेको समिटमा संसद् र सरकार सहआयोजक बनेकामा विरोध भएपछि फिर्ता भएको भन्ने र त्यही संस्थाले दिएको पुरस्कार प्रधानमन्त्रीले नै थाप्ने जस्ता कार्यप्रति उसको आपत्ति छ ।

समिट समापनका दिन प्रधानमन्त्रीले इसाई धर्मगुरुको हातबाट सुशासन पुरस्कार ग्रहण गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कार्यशैली गलत भएको टिप्पणी गरे ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);