मेलम्चीको काम छिटो सक्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेलम्चीको काम छिटो सक्न निर्देशन

melamchi

काठमाडौं, १७ मंसिर । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले अविलम्ब स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

‘मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकाभित्र खानेपानी उपलब्ध गराउने भनी पटक पटक प्रचार गरिएको र निर्धारित समयावधिभित्र पानी वितरण कार्यमा ढिलाइ भइरहेको हुँदा जनतामा विभिन्न आशंका उत्पन्न भएकाले शीघ्रातिशीघ्र निर्माण कार्य सम्पन्न गरी उपत्यकाबासीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को स्तर अनुसार पानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देश दिने निर्णय गरिएको छ,’ समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको निर्णयबारे जानकारी दिए ।

यसअघिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अबको दुई महिनाभित्र मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिएका थिए । आइतबारको बैठकमा सचिव ठाकुरले भने, “म दाबीका साथ भन्छु अबको ६० दिनभित्र मेलम्चीको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेछ ।” उनले थपे, “अब एकहजार छसय मिटर मात्र सुरुङ पूरा(फिनिसिङ) गर्न बाँकी छ ।’ विगत दश वर्षदेखि उक्त सुरुङ निर्माण कार्य हुँदै आएको छ ।

मेलम्चीको पानी वितरण गर्न पाइप विछ्याउने कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले सुरुको तीन चार महिना पुरानै संरचनाबाट उपत्यकामा पानी वितरण गरिने जानकारी समेत दिए । सुरुको चार महिनामा एक लाख ८० हजार धारामा पानी पु¥याउने योजना रहेको उनले बताए ।

अबको करिब ४० दिनभित्र टनेल ‘फिनिसिङ’ कार्य सम्पन्न हुने र त्यसपछि टनेलमा पानी छोडिने बताउँदै उनले पानी छोडिएको बढीमा छ÷सात दिनभित्र सुन्दरीजल आइपुग्ने जानकारी समेत दिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);