इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै मेलम्चीको काम सम्पन्न गर्न सरकार तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै मेलम्चीको काम सम्पन्न गर्न सरकार तयार

काठमाडौं, ९ पुस । खानेपानी मन्त्री विना मगरले सरकार मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न संयमित भएर लागि परेको बताएकी छन् ।

मन्त्री मगरले सफलताको मुखैमा पुगेको मेलम्ची खानेपानी आयोजनामा देखिएको पछिल्लो समस्या विज्ञहरुको परामर्शको आधारमा समाधान गरिने बताइन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै सो आयोजनाको काम सम्पन्न गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन सो कम्पनीलाई आग्रह गरिन् ।

सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको मन्त्री मगरको भनाइ छ । उनले मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाईदा लिन कसैलाई नदिइने दृढता पनि व्यक्त गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);