ठेकेदार कम्पनी भागे मेलम्चीको बाँकी काम सरकार आफैले गर्छ : विना मगर | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

ठेकेदार कम्पनी भागे मेलम्चीको बाँकी काम सरकार आफैले गर्छ : विना मगर

bina magar

काठमाडौं, ५ पुस । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सिएमसीले काम छोडेर भागेपनि सरकार आफैले बाँकी काम गर्न सक्ने बताएकी छन् ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा बिहीबार खानेपानी मन्त्री मगरले सिएमसीको ठेकेदारले काम छाडेर भागेपनि नेपाल सरकारलाई घाटा नलाग्ने बताएकी छन् । निर्माण सम्पन्न नगरेको अवस्थामा निर्माण कम्पनी बिरुद्ध सिंगापुरको उच्चअदालतमा लड्न सक्ने अधिकार सरकारसंग सुरक्षित रहेको उनले उल्लेख गरिन् ।

सरकारले भुक्तानी दिने सम्बन्धमा भने निर्माण सम्पन्न तथा रोकिएको काम सुचारु गर्ने सम्बन्धमा केही शर्त राखेको उनले उल्लेख गरिन् । ठेकेदार कम्पनीले १ अर्ब ६५ करोडको दाबी गरेपनि सरकारले अब ३४ करोड मात्रै भुक्तानी गर्न बाँकी रहेको भन्दै उनले काम छोडेर भागेपनि नेपाललाई घाटा नपर्ने दाबी गरेकी हुन् ।

मन्त्री मगरले आयोजनाको बाँकी कामहरु ठेकेदार कम्पनी स्वयमले नभई सहयोगी कम्पनी मार्फत भईरहेको र ती कम्पनी सरकारसंगको सिधा सम्पर्कमा रहेकाले बाँकी काम तीनै सहयोगी कम्पनी मार्फत गर्न सकिने बताइन् ।

काठमाडाैंबासीले मेलम्चीको पानी पर्खिरहेका बेला निर्माणको ठेक्का लिएको कम्पनी नै काम छोडेर भागेको खबर आएपछि समितिले त्यसबारे चाँसो राख्दै सम्बन्धीत मन्त्रीलाई छलफलमा बोलाएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);