काँग्रेस महासमिति बैठक : छैठौ दिन पनि विधान मस्यौदा पेश हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काँग्रेस महासमिति बैठक : छैठौ दिन पनि विधान मस्यौदा पेश हुन सकेन

तेजना पण्डित
काठमाडौं, ५ पुस । नेपाली काँग्रेसको महासमिति बैठकमा छैठौ दिन पनि विधान मस्यौदा पेश हुन सकेन । शीर्ष नेताबीच पदाधिकारीमा सहमति जुटेपनि केन्द्रीय कार्य समितिले पास गर्न नसक्दा बिहीबारदेखि पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक साँझसम्म प्रभावित भयो । जसको कारण महासमिति सदस्यहरुदेखि केन्द्रीय स्तरका नेताहरुसमेत आजित बनेका छन् ।

देशै भरबाट महासमिति बैठकमा भाग लिन १६ सय प्रतिनिधि, पर्यवेक्षक गरी दुुई हजार जनाको सहभागिता रहेको छ । बैठकको मुख्य उद्देश्य पार्टीको विधान परिर्वतन गरी संघीय संरचना अनुसार आफ्ना संघ, प्रदेश तथा स्थानीय निकायमा आफ्ना कमिटी गठन गर्ने रहेको छ ।

शीर्ष नेताहरुले मंगलबार साँझ पदाधिकारी संख्या आठ सहित केन्द्रीय कार्यसमिति १६१ रहने तथा कोषाध्यक्ष बाहेक सवै पदमा खुुला निर्वाचनमा जाने गरी सहमति जुुटाएका थिए । जसलाई केन्द्रीय कार्यसमितिले पास गरेर बिहीबार बैठकमा पेश गर्ने सहमति थियो ।

तर केन्द्रीय कार्यसमितिले समावेशी संख्या बढाउनुु पर्ने लगायतका अडान राखेपछि उक्त विधान मस्यौदा पेश हुुन नसकेको हो । जसको कारण बिहीवार साँझसम्म बैठक बस्न नसक्दा महासमिति प्रतिनिधिहरु निरास मात्र होइन आक्रोशित समेत बनेका छन् ।

शीर्ष नेताहरुले गरेको निर्णयलाई विधान मस्यौदाका संयोजक पूर्ण बहादुुर खड्काले केन्द्रीय कार्यसमितिमा बुुधवार पेश गरेका थिए । शीर्ष नेताहरुको सम्झौता अनुसार कोषाध्यक्ष बाहेक सबै पदमा निर्वाचन हुुने व्यवस्था गरिएको थियो ।

केन्द्रीय नेताहरुले पदाधिकारी बाहेक केन्द्रीय कार्यसमिति पनि समावेशी हुुनुुपर्ने कुरा उठाएका थिए । त्यसमा कुुरा नमिल्दा सभापतिले अर्काे बैठक बोलाउने गरी बुुधवारको केन्द्रीय समिति बैठक रोकेका थिए । केन्द्रीय कार्यसमितिको बिहान नौ बजे बैठक बोलाइएकोे थियो ।

तर साँझसम्म पनि बैठक बस्न सकेन । बिहानैदेखि केन्द्रीय समितिको बैठक बस्ने भनेर पार्टी केन्द्रीय कार्यलय पुुगेका नेताहरु बैठक बस्न नसक्दा निरास थिए । यसरी अनिर्णयको बन्दी बनाउँदा पार्टीलाई नै नकारात्मक असर पर्ने उनीहरुको बुुझाई छ ।

विभिन्न राजनीतिक, आर्थिक प्रस्तावमा समेत छलफल नसकिएको कारण यसरी बैठक नै प्रभावित गर्न नहुने नेता रामशरण महतको भनाई छ । देशभरबाट आएका सदस्यहरुको समयको कदर गरी बैठक सुुचारु गर्नुपर्ने नेता महतको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);