फास्ट ट्याकको विषयलाई लिएर काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फास्ट ट्याकको विषयलाई लिएर काठमाडौंमा प्रदर्शन

कविता कार्की
काठमाडौं, ५ पुस । ललितपुरको खोकना बासीहरुले काठमाडौं मधेस जोड्ने फास्ट ट्याकको विषयलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गरेका छन । आकर्षक मुआब्जा र सांस्कृतिक सम्पदा संरक्षणको माग राख्दै उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । सरकारले माग पूरा नगरेमा सशक्त आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।

सरकारले ४ वर्ष भित्रमा काठमाडौं मधेस जोड्ने फास्ट ट्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाले सडक निर्माणको काम शुरु गरिसकेको छ । निर्माणको काम शुरु भइसक्दा ललितपुर खोकनाबासीहरुले भने उचित क्षेतिपूर्ति र मुआव्जा नपाएको भन्दै विरोध गर्दै आएका छन् ।

आफ्नो जग्गा र सांस्कृति सम्पदाको संरक्षण गर्नु त कता हो कता सबै नष्ट गर्न खोजेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । एक वर्षदेखि सरकारको ध्यानाकर्षण गराउंदै आए पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

विवादमै समय खेर गइरहेको छ । सरकारले आफुहरुका माग पूरा गरेन भन्दै खोकना बासीहरु अहिले सडक आन्दोलनमै निस्किएका छन् । उनीहरुले बिहीबार खोकनादेखि काठमाडौंको माइतीघर मण्डलासम्म विरोध र्याली र प्रदर्शन गरे ।

आफुहरुका २३ बुँदे मागलाई सरकार समक्ष पटक पटक सम्बोधन गरिदिन ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको उनीहरु बताउँछन ।

अन्तर्राष्ट्रिय कानुन आयोगको धारा २९, ३० र ३१ उलंघन गरेर सरकारले फास्ट ट्याक बनाउन खोजेको र आफुहरुका सांस्कृतिक सम्पदाको नष्ट गर्न खोजेको खोकनावासीको तर्क छ । रक्षामन्त्री ईश्वर पोखरेलले वार्ताका माध्यमबाट समस्याको समाधान गर्छु भनेर भने पनि काम नगरेकोे उनीहरुको गुनासो छ ।

सरकारले शान्तिपूर्ण आन्दोलनलाई बेवस्ता गरेको खण्डमा त्यसै नबस्ने उनीहरुको चेतावनी छ । फास्ट ट्रयाक बनाउँदा नेवार समुदायको संस्कृति संरक्षणमा सरकारले ध्यान नदिएको उनीहरुको आरोप छ ।

फास्ट ट्याकका लागि जग्गा अधिग्रहण भएर अधिकांशले मुआब्जासमेत लिइसका छन् । तर ललितपुरका खोकनावासीले असन्तुष्टि जनाउँदै अझै लिएका छैनन । जति गरे पनि खोकनावासीलाई सम्बोधन गर्न नसकिएको निश्कर्षमा सरकार पुगेको छ ।

फास्ट ट्याकको प्रस्थान विन्दू खोकनाबाट खोसिँदै, फर्सिडोललाई बनाइएको छ । तर सरकारले आफुहरुका माग पूरा नभएको खण्डमा चरणबद्ध रुपमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने खोकना बासीहरुको बताउँछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);