काँग्रेस केन्द्रिय कार्य समिति बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काँग्रेस केन्द्रिय कार्य समिति बैठक सुरु

congress offc

काठमाडौं, ९ भदौ । शनिबार विहान ११ बजेको लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठक ६ घण्टापछि सुरु भएको छ । महासमिति बैठकको विधि, प्रक्रियालगायतका विषयमा शीर्ष नेतृत्वबीच सहमति जुट्न नसकेपछि पार्टीको केन्द्रिय कार्य समितिको बैठक तोकिएको समयभन्दा ६ घण्टा ढिला सुरु गरिएको हो ।

पार्टीको आसन्न महासमिति बैठकको मिति तय गर्ने लगायतका एजेन्डामा शीर्ष तहमै मतभेद भएपछि बैठक तोकिएको समयभन्दा ६ घण्टा ढिलो सुरु भएको पार्टीका केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए । पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुनेछ ।

काँग्रेसले संघीय ढाँचा अनुसारको विधान संशोधन गर्ने मूल एजेन्डाका लागि पार्टीको महासमिति बैठक बोलाउन लागेको हो । महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्न महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समिति गठन भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);