शिक्षा सम्बन्धि विधेयक संघीय संसदमा पेश गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

शिक्षा सम्बन्धि विधेयक संघीय संसदमा पेश गर्ने तयारी

krishana bdr mahara

काठमाडौं, ९ भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शिक्षा क्षेत्रको विकासमा सरकार गम्भिर रहेको बताएका छन् । सभामुख महराले सरकारले सबै नागरिकलाई सहज ढंगले शिक्षा लिने वातावरण बनाउन शिक्षा सम्बन्धि विधेयक संघीय संसदमा पेश गर्ने तयारी गरिरहेको बताए ।

शनिबार प्याब्सनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रको आमूल परिवर्तनमा योगदान दिन निजी क्षेत्रका विद्यालयहरुलाई पनि आह्वान गरे । सभामुख महराले निजी क्षेत्रका विद्यालयहरुको माग सम्बोधन हुने गरी कानुन निर्माणमा आफूले सक्दो पहल गर्ने आश्वास दिए ।

सभामुख महराले शिक्षालाई नागरिकको मौलिक हकको रुपमा परिभाषित गर्नुपर्ने आवश्यक्ता औल्याए । कार्यक्रममा माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट भएका विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);