प्रतिपक्षीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रतिपक्षीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

sikshya bidek bahumatle parit

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधकाबीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए ।

काँग्रेस सांसदहरुलाई प्रक्रिया अघि बढाउन आग्रह गरेको नमानेपछि सभामुख महराले मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । काँग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकले रोष्टम पुयाएका थिए ।

काँग्रेस सांसदहरुलाई छल्दै मन्त्री पोखरेल रोष्टममा पुगेपछि सत्ता पक्षका सांसदहरुले ढयाप ढयाप गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सो विधेयक प्रस्तुत गरेका थिए । तर विपक्षहरुले अवरोध गरिरहेका कारण सो विधेयकमाथिको छलफलमा सत्तारुढ दलका नेताहरुले भाग लिने अवस्था थिएन ।

सभामुख महराले सो विधेयकमा छलफलमा भाग लिन आग्रह गरेपनि त्यसमा कसैले पनि भाग लिएनन् । छलफलमा भाग नलिएपछि मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्ने अनुमति सभामुख महराले दिएका थिए ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने विधेयक निर्णयार्थ पेश गरेपछि झनै ठूलो स्वरमा होहल्ला गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगर्न आग्रह गरेका थिए । तर सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरेका थिए ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको सहमति विपरितको प्रावधान विधेयकमा राखिएको भन्दै काँग्रेसले त्यसको विरोध गरिरहेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी विहीबार १७ गते दिनको १ बजे बोलाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);