काँग्रेसद्वारा संसदको दोस्रो बैठक पनि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काँग्रेसद्वारा संसदको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौं, ३२ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध पारेको छ । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुनेगरी राष्ट्रिय चिकित्सा विधेयक ल्याउन माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठक पनि अवरुद्ध पारेको हो ।

सभामुख कृष्णबहादुर महराले सरकारको धारणा राख्न दिन आग्रह गरेपनि नेपाली काँग्रेसका सांसदहरुले नमानेपछि दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।

बैठकमा सरकारका तर्फबाट सो विधेयक र वरिष्ठ चिकित्सक केसीको आमरण अनसनबारे धारणा राख्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई समय दिने अवसर नै नदिई काँग्रेस सांसदले संसद बैठक अवरुद्ध पारे ।

बैठक सुरु हुने वित्तिकै काँग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले जुम्ला गएर वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्नुपर्ने माग गरिन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूचि तय गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);