विकास निर्माणको अनुगमन गर्न आयोग गठन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विकास निर्माणको अनुगमन गर्न आयोग गठन गर्न माग

काठमाडौं, ३२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले विकास, निर्माणको कामलाई अनुगमन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरे ।

सांसद बस्नेतले विकास, निर्माणको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै त्यसलाई अनुगमन गर्न शक्तिशाली संवैधानिक आयोगको तत्काल व्यवस्था गर्न माग गरे ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परिपार्टीले सुशासनमा बाधा पु-याउने उल्लेख गर्दै त्यसमा रोक लगाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद बस्नेतले विकास, निर्माणको काममा सरकारका कर्मचारीहरुले चासो नदिएको आरोप लगाए । उनले मुलुकको समृद्धिका लागि कर्मचारीलाई परिचालन गर्ने चुनौति सामना गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);