स्वीस बैंकमा रहेको अरबौं नेपाली रुपैयाँ छानवीन गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

स्वीस बैंकमा रहेको अरबौं नेपाली रुपैयाँ छानवीन गर्न सांसदको माग

samsadh parlyament

काठमाडौं, ४ असोज । राष्ट्रिय सभाका सांसदहरुले स्विजरल्याण्डस्थित स्विस बैंकमा नेपालीले राखेको अरबौं रुपैयाँ छानवीन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन ।

राष्ट्रिय सभाको बिहिवारको बैठकमा सांसद खिमकुमार विश्वकर्माले स्विस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३ सय २२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानवीन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरे ।

सांसद अनिता देवकाटाले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्ड जीर्ण अवस्था रहेको उल्लेख गर्दै तत्काल मर्मत, संहार गर्न सरकारसँग माग गरिन् । उनि सो सडकखण्डमा निर्माणाधिन पुल निर्माणमा ढिलाई नगर्न सरकारसंग आग्रह गरिन् ।

सांसद कमलाकुमारी ओलीले कैलाली जिल्लाको महन्याल गाउँपालिकास्थित १२ सय घरपरिवारलाई लालपूर्जा दिएपनि जग्गाको कित्ताकाट र नक्सा उपलब्ध नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराईन् ।

राष्ट्रिय सभामा बोल्ने अन्य सांसदहरुले बिभिन्न कारणले रोकिएका सडक र बिकास निर्माणको कामलाई ध्यान दिन सरकारको ध्यानकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);